बुधबारसम्म मौसममा बदली भएर केही ठाउँमा पानी पर्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमानको आग्रह

धान भित्र्याउने चटारोमा रहेका किसान चिन्तित
कार्तिक १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
बुधबारसम्म मौसममा बदली भएर केही ठाउँमा पानी पर्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमानको आग्रह

काठमाडौं । अबको दुई दिन मुलुकका अधिकांश भूभागमा पानी पर्नसक्ने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

गण्डकी र कर्णालीसहितका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षासहित हिमपात हुनसक्ने पूर्वानुमान विभागको छ । पछिल्ला दुई दिन अर्थात् यही कात्तिक ८ र ९ गते लेक लागेर मनाङ र कास्कीमा गरी चार जनाको ज्यान गएको छभने एक जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार यही बङ्गालको खाडी र अरब सागरमा बनेको दुई वटा न्यून चापीय प्रणालीले भोलि र पर्सि नेपालमा वर्षा र हिमपात गराउने सम्भावना छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रह्यो । 

पानी पर्ने पूर्वानुमानले पाकेको धानलाई असर गर्ने भन्दै किसान भने चिन्तित बनेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.