काठमाडौं । निर्वाचन सुरक्षामा राजनीतिक दलहरूले प्रश्न उठाएका छन् । प्रधानमन्त्री शुशीला कार्कीले बालुवाटारमा हिजो साँझसम्म फागुन २१ गतेको चुनावलाई लिएर गरेको छलफलमा दलहरूले भयरहित निर्वाचन हुनेमा आशंका व्यक्त गरेका हुन् । तर सरकारले भने सुरक्षाको व्यवस्था गर्ने दावी गरेको छ ।
कांग्रेस एमालेसहितका दलहरूले निर्वाचनबाट नभाग्ने भनेपनि अहिलेकै अवस्थामा चुनावमा जान सुरक्षाका कारण बातावरण नभएको भन्दै सरकारको तयारीबारे प्रश्न गरेका हुन् । छलफलमा सरकारले सुरक्षाको प्रत्याभूति गराउने भनेर आश्वस्त पारेको भएपनि ठोस कदम के भन्ने प्रष्ट नपारेको दलहरूले बताएका छन् ।
सरकारले भने निर्वाचनको विषयलाई लिएर सरकार र दलवीचको संवाद सुरूहुनु सकारात्मक भएको भन्दै सुरक्षाको पूर्ण प्रत्याभूति गरिने आश्वसन दिएको छ । चुनावमा जाने विषयमा सबै राजनीतिक दलहरू सकारात्मक रहेको जनाउँदै सरकारले चुनावका लागि सुरक्षाको पूर्ण ग्यारेण्टी गरिने जनाएको छ ।
छलफलमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश शर्माले पनि दलहरूलाई निर्वाचनमा भाग लिन र सुरक्षाको ग्यारेण्टी सरकारले गर्ने प्रष्ट पार्नु भएको थियो । साना दलहरूले पनि चुनावको सुरक्षालाई लिएर आआफ्ना धारणा राखेका थिए ।
दलहरूले उठाएका बिषयमा प्रधानमन्त्रीले सरकारकातर्फबाट चुनावको तयारी र सुरक्षालाई लिएर धारणा राखेका थिए । गृहमन्त्रीको सार्वजनिक भनाइप्रति दलहरूले प्रश्न उठाएपछि अर्यालले समेत आफ्ना भनाइ राखेका थिए । निर्वाचनको तयारीलाई लिएर पुर्न सरकार, राजनीतिक दल र जेन जी प्रतिनिधिवीच छलफल हुने संचारमन्त्री खरेलले जानकारी दिनुभएको छ ।