११औँ महाधिवेशनमा अध्यक्ष पदमा आफ्नो दाबी रहने ईश्वर पोखरेलकाे भनाइ

कार्तिक २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
११औँ महाधिवेशनमा अध्यक्ष पदमा आफ्नो दाबी रहने ईश्वर पोखरेलकाे भनाइ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औँ महाधिवेशनमा अध्यक्षमा आफ्नो दाबी रहने बताउनुभएको छ ।

कान्तिपुर समाचारसँग कुरा गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले आफू दुईपटक महासचिव र एकपटक वरिष्ठ उपाध्यक्ष भइसकेकाले अब अध्यक्षको दाबेदार रहेको बताउनुभयो । अर्को एक प्रसंगमा पोखरेलले जेन-जी आन्दोलन हुँदा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकाले घटनाको नैतिक जिम्मेवारी पनि उहाँले नै लिनुपर्ने बताउनुभयो । 

जाँचबुझ आयोगले बयानका लागि बोलाएमा ओलीले नजाने भनिरहेका बेला पोखरेलले भने बयान दिन जान सुझाव दिनुभयो । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले ११औँ महाधिवेशनमा जेन-जी आन्दोलन, प्रतिनिधि सभा विघटन, फागुन २१ को चुनावलगायतका विषयमा पनि छलफल हुनुपर्ने बताउनुभएको छ । 

अध्यक्ष ओलीले महाधिवेशनमा राजनीतिक प्रतिवेदनसहित विधान संशोधन प्रस्तावमाथि छलफल नहुने बताइरहेका बेला पोखरेलको फरक धारणा आएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.