काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न प्रस्ताव गर्नुभएको छ ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर चन्दले वर्तमान सरकार जेन–जी विद्रोहको भावनाविपरित गठन भएको आरोप लगाउँदै तत्काल खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न प्रस्ताव गर्नुभएको हो ।
उहाँले वर्तमान सरकारले चुनावको वातावरण समेत बनाउन नसकेको आरोप लगाउनुभयो। अध्यक्ष चन्दले मुलुकमा रहेको कालोधन समाप्त पार्न ५ सय र एक हजारका नोटहरु बन्द गर्नुपर्ने माग गर्नुभयो ।