पेरिसस्थित प्रख्यात लुभ्र संग्रहालयमा राखिएको बहुमूल्य गहना लुटियाे, घटनापछि संग्रहालय बन्द

कार्तिक २, २०८२ |कान्तिपुर टीभी संवाददाता
पेरिसस्थित प्रख्यात लुभ्र संग्रहालयमा राखिएको बहुमूल्य गहना लुटियाे, घटनापछि संग्रहालय बन्द

काठमाडौं । फ्रान्सको पेरिसस्थित प्रख्यात लुभ्र संग्रहालयमा राखिएको बहुमूल्य गहना लुटिएको छ । 

घटनापछि संग्रहालय बन्द गरिएको छ । फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार संग्रहालय खोल्नेबित्तिकै बिहान साढे ९ बजेतिर करिब ४ जनाको संख्यामा आएका मास्क लगाएका व्यक्तिहरूले गहना लुटेका हुन् । उनीहरू संग्रहालयको सिन नदीतर्फको झ्यालका सिसा फुटाउँदै अपोलो ग्यालरीमा पुगेर प्रदर्शनीमा राखिएका गहना लुटेका थिए । 

त्यसपछि उनीहरू मोटरसाइकलमा फरार भएको बताइएको छ । यसका लागि लुटेरा समूहलाई ७ मिनेट लागेको गृहमन्त्री नुनेजले बताउनुभएको छ । घटनाको अनुसन्धान सुरू गरिएको फ्रान्सेली अधिकारीहरूले जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.