म देश र जनताप्रति बफदार छु, कसैलाई मन पर्नु वा नपर्नु व्यक्तिगत च्वाइस हो : ओली

कार्तिक २, २०८२ |कान्तिपुर टीभी संवाददाता
म देश र जनताप्रति बफदार छु, कसैलाई मन पर्नु वा नपर्नु व्यक्तिगत च्वाइस हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश र जनताप्रति बफदार रहेको बताउनुभएको छ ।

जेन-जी आन्दोलनपछि पहिलो पटक आइतबार काठमाडौंमा सम्पादकहरूसँगको छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले देश र जनताप्रतिको निष्ठा आफ्नो मूल्य र मान्यता भएको उल्लेख गर्दै त्यसप्रति मन पर्नु वा नपर्नु व्यक्तिको रोजाइको विषय भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘देश अनिश्चयमा गएको छ । मेरो बफादारिता कसैलाई मन परे पनि नपरे पनि यस देश, जनताप्रति मेरो बफादारिता छ । त्यसकारण मैले भनेका मूल्य मान्यता मेरा निष्ठाका विषय हुन् । मन पर्नु वा नपर्नु व्यक्तिगत च्वाइसका कुरा हुन् ।’

अध्यक्ष ओलीले आफू सत्यको पक्षमा लागि परेको र लागि रहने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.