काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने काम ओलीले गरेको भनेर झुट बोलेको बताउनुभएको छ ।
आइतबार सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै उहाँले आफूले गर्दै नगरेको काम गर्यो भनेर दाहालले झुट बोलेको प्रष्टयाउनुभएको हो । अध्यक्ष ओलीले राष्ट्रपतिको आग्रहमा गरेको सिफारिस प्रधानमन्त्रीमा कसैको नाम सिफारिस नगरेको पनि बताउनु भयो । अध्यक्ष ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेका भए प्रमाण देखाउन पनि दाहाललाई चुनौती दिनुभयो ।
उहाँले भन्नुभयो,‘यो अन्तिम सरकार संविधानअन्तर्गत बनेको होइन । अस्ती फेरि प्रचण्डजीले भयानक झुट बोल्नुभयो । केपी ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गर्नुभएको हो भनेर ।’ उहाँले वर्तमान सरकार असंवैधानिक रहेको पनि दोहोर्याउनु भयो ।