काठमाडौं । नेताहरु बोल्ने क्रम नसकिएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि अर्थात् शनिबार पनि बस्ने भएको छ ।
शुक्रबारको बैठकमा एजेन्डामाथि नेताहरूले आफ्नो धारणा राख्ने क्रमम नसकिएको शनिबार फेरी बस्नेगरी बैठक स्थगित गरिएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा केन्द्रीय सदस्यहरूले एजेन्डामाथि आफ्नो धारणा राखिरहेका छन् ।
उहाँले शनिबार पनि छलफल सकिने सम्भावना कम रहेकोले छठपछि मात्रै निष्कर्षमा पुगिने बताउनु भयो । बैठकमा केहीले विषेश महाधिवेशन गर्नुपर्ने तथा केहीले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।
प्रवक्ता महतले निर्वाचन गराउने सवालमा सरकार गम्भीर नरहेको बताउनु भयो । उहाँले सरकारको ध्यान निर्वाचन गराउनुमा केन्द्रित हुनुपर्नेमा राजदूत फिर्ता बोलाएर अन्तर्राष्ट्रिय कुटनीतिमा प्रश्न उठ्ने खालको गतिविधि गरिरहेको आरोप लगाउनुभयो ।