काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री कार्यालयका अनुसार दिउँसो साढे २ बजे सिंहदरबारमा उनीहरूसँग छलफल हुनेछ ।
बैठकमा नेपालस्थित सबै २६ वटै कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरूलाई छलफलमा बोलाइएको छ । बैठकमा नेपालको समसामयिक अवस्थाका बारेमा प्रधानमन्त्री कार्कीले जानकारी गराउने हुनेछ ।
त्यसैगरि फागुन २१ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलगायतका विषयमा समेत उहाँले कुटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरुलाई ब्रिफिङ गर्नु हुने प्रधानमन्त्री कार्यालयको भनाइ छ ।