काठमाडौं । ललितपुरको च्यासलस्थित फुटबल मैदानको मर्मत सुरू भएको छ ।
यही असोज तेस्रो साता परेको भारी वर्षाका कारण क्षति पुगेको मैदान मर्मत सुरू भएको राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको हो। क्षतिबारे बुझ्न परिषद्का सदस्यसचिव टंकलाल घिसिले निरीक्षणसमेत गरेका छन्।
सोही क्रममा सदस्यसचिव घिसिङले तत्काल मर्मत कार्य सुरू गर्न ग्राउन्ड स्टाफलाई निर्देशन दिएका हुन् । पहिले मैदानको खेल हुने भागलाई प्राथमिकता दिएर मर्मत कार्य सुरू गर्न घिसिङको निर्देशन छ। खेल हुने भागपछि अन्य क्षेत्रको मर्मत हुनेछ।
निरीक्षणका क्रममा च्यासल युथ क्लबका अध्यक्ष रमेश ब्यञ्जनकारले क्षतिको विवरणबारे जानकारी दिएका थिए ।