काठमाडौं । नेपाल एएफसी महिला यू-१७ एसियन कपको छनोटबाटै बाहिरिएको छ।
थाइल्यान्डको चोनबुरी रंगशालामा शुक्रबार भएको खेलमा घरेलु टिमसँग १२-० ले पराजित भएर नेपाल बाहिरिएको हो । कमजोर सुरूआत गरेको नेपाल पहिलो हाफमा नै ८-० ले पछि परेको थियो । नेपालविरूद्ध कुरिसरा लिम्पा वानिचले हृयाट्रिकसहित पाँच गोल गरिन्।
मोन्थिदाले ब्रेकथ्रु दिलाएको खेलमा सेइन्ताले अन्तिम गोल गर्दै नेपाललाई १२-० ले हराएको हो । नेपाल पहिलो खेलमा तुर्किमेनिस्तानसँग गोलरहित बराबरीमा रोकिएको थियो । एक बराबरी र एक हारसँगै नेपाल बाहिरिँदा दुवै खेल जितेको थाइल्यान्ड भने यू-१७ एसियन कपमा छनोट भएको हो । थाइल्यान्ड लगातार १०औं पटक छनोट भएको हो ।