आगामी फागुन २१ गते हुने निर्वाचनको पक्षमा खुले कांग्रेसका यी तीन नेता

आश्विन २५, २०८२ |प्रकाश बम
आगामी फागुन २१ गते हुने निर्वाचनको पक्षमा खुले कांग्रेसका यी तीन नेता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइराला आगामी फागुन २१ गते हुने निर्वाचनको पक्षमा खुलेका छन् ।

कान्तिपुर समाचारसँग कुरा गर्दै महामन्त्री थापाले तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा जोड दिनुभयो। चुनावका लागि सबैको सहयोग हुनुपर्ने भन्दै उहाँले भन्नुभयो, 'चुनाव तोकिएको समयमा नै हुनुपर्छ । हामी सबैको यसमा सहयोग रहनुपर्छ ।'  यसका लागि सरकारले शान्ति सुरक्षाको स्थितिलाई सुधार गर्दै लानुपर्ने उहाँको भनाइ छ। 

यस्तै नेता शेखर कोइरालाले पनि आफू चुनावमा जानुपर्ने पक्षमा रहेको बताउनुभयो । अहिले स‌ंकटको अवस्थालाई पार लगाउन पनि कां‌ग्रेस चुनावमा जानुपर्ने भन्दै उहाँले कांग्रेसकै अगुवाइमा दलहरू चुनावमा जानुपर्ने र सरकारले तोकिएकै मितिमा भयरहित ढङ्गले चुनाव सम्पन्न गर्ने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले समेत फागुन २१ मै चुनाव गराउन सुझाव र दबाब दिएर जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयाे,'चुनावमा बकाइदा जानुपर्छ, फागुन २१मै गराउन सुझाव र दबाब दिएर जानुपर्छ'


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।