माओवादी केन्द्रको केन्द्रीय समिति भंग, मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय

आश्विन १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
माओवादी केन्द्रको केन्द्रीय समिति भंग, मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसीरका विशेष महाधिवेशन गर्ने भएको छ ।

शुक्रबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । विशेष महाधिवेशनका लागि पार्टीको पदाधिकारी हटाएर अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति पनि गठन गरिएको पार्टीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

उहाँले सो महाधिवेशन आगामी मंसिरको अन्तिम सातासम्म सम्पन्न गर्ने निर्णय गरिएको पनि जानकारी दिनुभयो । बैठकले निर्वाचनमा जाने निष्कर्ष निकाल्दै त्यसका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने पनि निर्णय गरेको उहाँले जानकारी दिनुभयाे । 

बैठकले जेन-जी आन्दोनलको क्रममा क्षति भएको सार्वजनिक तथा पार्टीको संरचना निर्माणका लागि स्वमयसेवक परिचालन गर्ने पनि भएको छ । माओवादी केन्द्रले नेताहरूको सम्पन्न छानबिन गर्नका लागि सम्पत्ति छानबिन आयोग पनि गठन गर्ने भएको छ । 

प्रवक्ता सापकोटाकाअनुसार तत्काल छानबिन समिति बनाएर नेताहरूको सम्पत्ति छानबिनको काम सुरू गर्ने निर्णय गरिएको छ । त्यसैगरी केन्द्रीय कार्यालय, सचिवालय र नेताका परिवारको व्यवस्थापनको कामलाई नयाँ ढंगले अघि बढाउने निर्णय पनि गरिएको माओवादी केन्द्रले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.