विज्ञहरूको सुझावअनुसार काम गर्छु : शिक्षामन्त्री पुन

आश्विन ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
विज्ञहरूको सुझावअनुसार काम गर्छु : शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूको सल्लाह सुझावअनुसार काम गर्ने बताउनुभएको छ ।

राष्ट्रपति भवन शितल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विज्ञहरूले दिएको राम्रा सुझावलाई सकेसम्म छिटो छरितो कार्यन्वयन गर्ने जानकारी दिनुभयो । 

विज्ञान, प्रविधि, नवप्रर्वद्धन, व्यवहारिक अनुसन्धान नै आफ्नो प्राथमिकतामा रहने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अब मैले विज्ञहरूको सल्लाह सुझाव माग्छु, अब को-कोले राम्रो सुझाव दिन आउँछ, सुझाव दिन त राम्रो, नराम्रो सबै आउँछ । जो-जो राम्रो आउँछन्, राम्रो मान्छेको सुझाव लिएर अनि त्यसलाई सकेसम्म छिटो छरितो कार्यन्वयन गर्ने काम हुन्छ ।’

उहाँले किताब बेच्दै गरेको मान्छेलाई मन्त्री बनाइएकाले खास योजना तत्काल केही नरहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.