चार मन्त्रीको सपथ आज दिउँसो ३ बजे

आश्विन ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
चार मन्त्रीको सपथ आज दिउँसो ३ बजे

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीद्वारा सिफारिस ४ मन्त्रीको साेमबार दिउँसो ३ बजे सपथ हुने भएको छ । 

कार्कीले आइतबार पाँच मन्त्रीको नाम सिफारिस गरेकोमा ४ जनाको सपथ हुन लागेको हो । प्रधानमन्त्री कार्कीले अन्य मन्त्रीका लागि परामर्श जारी राख्नु भएको छ ।

प्रधानमन्त्री कार्कीले आइतबार उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमि व्यवस्था र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा अनिलकुमार सिह्ना, शिक्षा तथा विज्ञान प्रविधिमा महावीर पुन, कृषिमा मदन परियार, सञ्चारमा जगदीश खरेल र स्वास्थ्यमन्त्रीमा संगीता मिश्रालाई सिफारिस गर्नुभएको थियो । तर स्वास्थ्यमन्त्रीमा सिफारिस मिश्राको नियुक्ति भने हाललाई स्थगन हुने भएको छ । 

अन्य चार मन्त्रीको भने साेमबार दिउँसो सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ । जेन-जीको विद्रोहपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको तेस्रो दिनमा तीन मन्त्री यसअघि नै नियुक्त भइसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.