दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको सहमति बिना चीन र भारतले अनुचित तबरबाट नेपाली भूमि प्रयोग गर्न खोजेको बताउनु भएको छ ।
नेपालको सहमति र सहभागिता बिना गरिने कुनै पनि समझदारी अनुचित रहेको भन्दै तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्ने उहाँले तर्क गर्नुभयो ।
सन् १८१६ मा भएको सुगौली सन्धि र त्यससमयमा गरिएको सिमानै वास्तविक सीमा भएको दाबी गर्दै महासचिव पोख्रेलले नेपालले राखेको अडान तथ्य र प्रमाणमा आधारित रहेको बताउनुभयो ।
प्रेस चौतारी नेपाल दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको स्पष्ट पार्दै नेपालको सहमति बिना प्रयोग गर्ने प्रयत्न अस्वीकार्य रहेको बताउनुभयो ।
कार्यक्रममा महासचिव पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनितीमा आउनु उचित नरहेको बताउनुभयो । राष्ट्रको अभिभावक, संविधानको संरक्षक भएर बसेको व्यक्ति पुनः सक्रिय राजनितीमा फर्किने कार्यले गणतन्त्र प्रति अनास्था प्रकट हुने पोखरेलको दाबी छ ।
सम्मानित व्यक्ति सामाजिक क्रियाकलापमा सक्रिय हुनै हुँदैन भन्ने पक्षमा एमाले नरहेको उल्लेख गर्दै महासचिव पोखरेलले एमाले सक्रिय राजनितीमा फर्किने कुरामा पार्टिले रोक लगाइसकेको र सोही निर्णय कार्यन्वयन गरिने बताउनु भयो ।