
काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै आएका नेताहरूले पार्टीभित्र नीतिगत सुधार गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताएका छन् ।
काठमाडौमा मंगलबार पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन पक्षधरका नेता देवराज चालिसेले महाधिवेशनमार्फत पार्टी सुध्रिएर जनताको माझ जानुपर्ने बताउनुभयो । उहाँले वर्तमान नेतृत्वले जनताको असन्तुष्टीको आवाज सुन्न नसकेको पनि आरोप लगाउनु भयो ।
जनताको आकांक्षा पूरा गर्नको लागि काँग्रेसको नीति र नेतृत्व परिवर्तन आवश्यक रहेकोले आफूहरूले विशेष महाधिवेशनको माग गरेको उहाँको भनाइ थियो । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग राख्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर समेत बुझाईसकेका छन् ।