हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँले नेपाली कांग्रेसका थप पाँच जना मन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद्लाई पुर्णता दिनुभएको छ ।
शुक्रबार नियुक्ति पाएका मन्त्रीहरूले सपथ समेत लिएका छन् । बानियाँ नेतृत्वको सरकारमा नेपाली कांग्रेसको पाँच मन्त्रीले सपथ लिएसँग प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
प्रदेशमा कांगेसबाट कन्चन चन्द्र वादे, प्रभात तामाङ, उर्मिला नेपाल, सुरेश श्रेष्ठ र विनु रायमाझी पौडेल मन्त्री बनेका छन्। उनीहरूलाई बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।
कांग्रेसका तर्फबाट मन्त्री बनेका बादेलाई सामाजिक विकास मन्त्रालय, तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, श्रेष्ठलाई संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाललाई युवा तथा खेलकुद मन्त्रालय र विनु रायमाझी पौडेललाई सहकारी तथा गरिबी निवारण मन्त्रालय र यस अघि नियुक्त भएका विना विभागीय मन्त्री शिवराज अधिकारीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सपथ ग्रहण कार्यक्रममा सभामुख भुवन कुमार पाठक, मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका मन्त्री, बागमती प्रदेशका प्रमुख सचिव भुपाल बराल, मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिती रहेको थियो।
बानियाँ नेतृत्वको सरकारमा एमालेका ६ र कांग्रेसका एक मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्।