प्रहरी कार्यालय उदघाटन गर्न प्रधानमन्त्री ओली मधेशमा

श्रावण ३०, २०८२ |अमरकान्त ठाकुर
प्रहरी कार्यालय उदघाटन गर्न प्रधानमन्त्री ओली मधेशमा

धनुषा । प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी हुन मधेश प्रदेश आउँदै हुनुहुन्छ । उहाँ सेनाको हेलिकप्टरबाट धनुषा आउनु हुनेछ ।

धनुषामा प्रधानमन्त्री ओलीले मधेश प्रहरी कार्यालय उदघाटन र हंसपुरमा बाटो शिलान्यास गर्ने कार्यक्रम छ । त्यसपछि उहाँ धनुषाबाट महोत्तरी जानुहुनेछ । महोत्तरीमा उहाँले पक्की सडक शिलान्यास गर्ने कार्यक्रम छ । यो मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सन्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गतको सडक हो । रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर जोड्ने ८ दशमलब ३८४ किलोमिटर सडक कालोपत्रे गरिने छ । भ्याटसहित १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँमा बजेटमा बन्न लागेको यो सडक २०८३ चैत ११ गतेसम्म निर्माण गर्ने सम्झौता भएको छ ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।