काठमाडौं । निर्वाचन आयोगले रूपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधि सभाको विघटन गरी आगामी फागुन २१ गतेका लागि नयाँ प्रतिनधिसिभाको निर्वाचन गर्ने मिति तोकिएसँगै उपनिर्वाचन रद्द गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी कात्तिक १७ गते सोमबार रूपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचनको मिति तोकेको थियो ।-रासस