जेन जी आन्दोलनमा ज्यान गुमाएकामध्ये १० जनाको आज अन्त्येष्टी गरिदै

सरकारको निर्णयसँगै शबको नगरपरिक्रमा गरेर राष्ट्रिय सम्मान दिइने
भाद्र ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन जी आन्दोलनमा ज्यान गुमाएकामध्ये १० जनाको आज अन्त्येष्टी गरिदै

काठमाडाैं ।  जेन जी आन्दोलनमा ज्यान गुमाएका मध्ये १० जनाको आज अन्त्येष्टी गरिदैछ । उनीहरुको शवलाई नगरपरिक्रमासहित अन्त्येष्टि गर्ने तयारी भएको हो । त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जनागरी १० मृतकको आज अन्त्येष्टि गरिने छ ।

अन्त्येष्टिअघि शव गाडीमा राखेर नगर परिक्रमा गराइने तयारी भएको मृतकका आफन्तले बताएका छन् । यसअघि नै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको दाहसंस्कार भइसकेको छ । थप १० जनाको चाहिँ आज हुन लागेको हो।

सरकारले मृतकहरूको राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । नवनियुक्त गृह, कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै प्रदर्शनका क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुने बताउनुभएको थियो । हिजो बसेको मन्त्रिपरिषद् बैठकले पनि मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

यसका लागि अर्थ मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासनमार्फत मृतक परिवारलाई रकम हस्तान्तरण गर्ने बताइएको छ । जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.