मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने

भाद्र ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई रू १० लाखका दरले सहयोग उपलब्ध गराइने भएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टा गरी मृतक परिवारलाई रू १० लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँले साेमबार जारी गरेको सूचनामा भनिएको छ, “यही भदौ २३ र २४ गते आन्दोलनका क्रममा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही रू १० लाख उपलब्ध गराउने निर्णय भएको ब्यहोरा अनुरोध छ ।”-रासस 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.