मुख्यमन्त्री बानियाँले २७ गते संसद्मा विश्वासको मत लिने तय भएको छ । यसका लागि २७ गते ४ बजेका लागि हाउस बोलाइएको छ । कांग्रेस र एमालेले आफ्ना सदस्यहरूलाई अनिवार्य उपस्थित भई विश्वासको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।
एमालेका २७ र कांग्रेसका ३७ गरी ६४ प्रदेश सभा सदस्स छन् । बागमती प्रदेशमा सरकार गठनका लागि ५६ मत आवश्यक हुन्छ । एमालेमा विश्वासको मत दिने सन्दर्भमा विवाद छैन । तर कांग्रेसमा भने बहादुर सिंह लामा पक्षका १४ सांसद आफ्ना पक्षका मन्त्रीहरूलाई सरकारमा सहभागी गराएर मात्रै विश्वासको मत लिन मुख्यमन्त्रीलाई दबाब दिइरहेका छन् ।
लामाले नियुक्ती गरेका तर सपथ लिन नपाएका गोबिन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई समेत सरकारमा सहभागी गर्ने सहमती पछि लामाले राजीनामा दिनुभएकाे थियाे ।
तर मुख्यमन्त्री बानियाँले सरकार गठन गर्दा कांग्रेसबाट कृष्ण तामाङ र शिबराज अघिकारीलाई मात्र सरकारमा सहभागी गराए । सहमती कार्यान्वयन नभएको भन्दै लामा पक्ष कांग्रेस सभापति शेर बहादुर देउवा भेट्न काठमाडौंमा छन् । सभापतिसंगको भेटपछि आफ्नो रणनिती तय गर्ने लामा पक्षका सांसदहरूको तयारी छ ।