भक्तपुर । नेपाली कांग्रेसका सहमहामन्त्री जिवन परियारले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन खोज्नु गलत भएका बताउनु भएको छ ।
नेपाली कांग्रेस सूर्यबिनायक नगरपालिकाको तेस्रो नगर सम्मेलनको उद्घाटन समारोहमा बोल्दै महामन्त्री परियारले अब संबिधान संसोधन गरिए सबै भन्दा पहिला देशका बिशिष्ट पदभार ग्रहण गरिसकेको व्यक्तित्वहरू राजनीतिमा आउन नदिने गरी संसोधनको पहिलो पाटोमा यसलाई रोक लगाउने गरी संसोधन गर्नु पर्ने बताउनु भयो ।
नेकपा एमालले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउनबाट रोक्ने कदमले नेपाली राजनीतिमा सही नजिर स्थापित गरेको परियारले बताउनु भयो । नेपालकै पहिलो रापष्टपति रामवरण यादव र हालका राष्ट्रपति रामचन्द्र पौडेल पनि सक्रिय राजनीतिम नफर्कने परियारले बताउनु भयो ।
कार्यक्रमा नेपाली कांग्रेस जिल्ला सभापति एवं संधिय सांसद दुर्लभ थापाले नेपाली कांग्रेसको सक्रिय सदस्यता लिएर रास्वपाको हस्ताक्षर अभियानमा हस्ताक्षर गर्ने काम गलत भएको बताउनु भयो ।
उहाँले पार्टीलाई बलियो बनाउन वडा नगर र प्रदेशमा विकासका कामलाई तिव्रताका साथ अघि बढाउन आग्रह गर्दै आगामी निर्वाचनमा बहुमत सिट ल्याने दिशातर्फ अग्रसर बन्न आग्रह गर्नुभयो ।