काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताउनु भएको छ ।
कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उहाँको धारणा थियो । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पार्नुभयो । बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन युवा पुस्तालाई पार्टीसँग जोड्नुपर्ने स्पष्ट पार्नु भयो।
नेपाली कांग्रेस विराटनगर महानगर वार्ड नम्बर चारले गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिका बारे युवालाई बुझाउनु जरूरी रहेको समेत बताउनु भयो।
राजनीतिप्रति युवाहरूको बितृष्णा रहेको भन्दै कोइरालाले यो बितृष्णालाई आकर्षणमा बदल्नु अहिलेको मुख्य चुनौती रहेको प्रष्ट पार्नु भयो । सो अब ७२ वर्ष पुरा गर्नु भएका ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गरिएको थियो ।