काठमाडौं । सत्तागठबन्धन दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच बागमती प्रदेश सरकारमा देखिएको किचलोबारे छलफल भएको छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूबीच बिहिबार बालुवाटारमा भएको भेटमा बागमती प्रदेश सरकारको मुख्यमन्त्री फेरबदलको विषयमा छलफल भएको थियो ।
बागमतीमा समस्या देखिएको विषयमा प्रधानमन्त्री ओलीले चासो राखेपछि कांग्रेस सभापति देउवाले पार्टीभित्रको विवाद आन्तरिक रूपमै मिलाउने बताउनुभएको हो ।
सभापति देउवाले मुख्यमन्त्री लामालाई निकासका बिषयमा छलफल गर्न आजै काठमाडौं बोलाउनुभएकाे छ ।