मकवानपुर । बागमती प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरूको आजका लागि तय गरिएको शपथग्रहण कार्यक्रम स्थगित भएको छ ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएकोले उपचारको लागि काठमाडौँ जानुपरेकाले शपथ ग्रहण कार्यक्रम रोकिएको हो । प्रदेश प्रमुखको कार्यालयले आज सूचना जारी गर्दै दिउँसो १ बजे तोकिएको शपथ कार्यक्रम स्थगित गरिएको हो ।
प्रदेश प्रमुख देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएको र उपचारको लागि काठमाडौँ जानुपरेकाले आजको समारोहमा उपस्थित हुन नसक्ने भएकाले शपथ ग्रहण कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ । प्रदेश प्रमुख देवकोटा उपचारका लागि काठमाडौँ प्रस्थान गरिसकेको प्रदेश प्रमुखका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिनुभयो ।