काठमाडौं । नागरिक उन्मुक्ति पार्टी-नाउपाले आफ्ना संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त गरेको छ।
रेशम पक्षीय बहुमत केन्दीय सदस्यहरूले अध्यक्षबाट श्रेष्ठलाई हटाउने गरी प्रस्ताव पारित गरेका छन् । यससँगै उहाँ अध्यक्ष पदबाट पदमुक्त हुनुभएको हो ।
यद्यपि पार्टीले निर्णय लिइसके पनि कानुनी बाध्यता र निर्वाचन आयोगले गर्नसक्ने निर्णयलाई आधार बनाएर थप निर्णय भोलिमात्रै हुने सो पार्टीका नेताहरूले बताएका छन् ।अध्यक्ष श्रेष्ठ पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोक्नुभएको थियो ।
बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाइएपछि पार्टीका संरक्षक रेशम चौधरीसहितका नेताहरूले असन्तुष्ट थिए । रञ्जिता पक्षले भने विधानमा अध्यक्षलाई हटाउने प्रावधान नरहेको भन्दै त्यसको प्रतिवाद गर्ने जनाएको छ । केही नेताहरूको उपस्थितिमा गरिएको कारवाही मान्य नहुने चेतावनी दिएका छन् ।