कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिनुहुने भएको छ।
साउन १५ गते बस्ने सुदूरपश्चिम प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिनुहुने भएको हो ।
सोमबार प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले सुदूरपश्चिम प्रदेश सभा बैठकमा संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि सर्वसम्मत निर्णय गरेको छ ।
यस्तै १५ गते साँझ ५ बजे बस्ने सुदूरपश्चिम प्रदेश सभा बैठकमा संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि अनिवार्य उपस्थित हुन, अनिवार्य मतदान गर्न र तटस्थ नरहन राजनितिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ बमोजिम निर्देशन (ह्वीप) जारी गरेको छ ।