काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई पितृशोक

मंसिर १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई पितृशोक परेको छ । 

उहाँका बुबा रामनारायण शाहको ७७ वर्षको उमेरमा साेमबार उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो । 

रामनारायण शाहलाई आइतबार अपराह्न अस्पताल भर्ना गरिएको थियो ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.