काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियान संयोजक वामदेव गौतम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा समाहित हुनुभएको छ ।
राष्ट्रियसभामा शुक्रबार आयोजित एकतासभामा अभियानका संयोजक गौतमसहित सम्पूर्ण कमिटी समाहित भएको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले गौतमलाई पार्टीमा स्वागत गर्नुभयो ।
विसं २०७७ मा तत्कालीन नेकपा (एमाले)बाट अलग भएका दुबै पार्टीले छुट्टा-छुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए । लामो समयदेखि दुबै पार्टीका नेताबीच पार्टी एकीकरणका लागि औपचारिक तथा अनौपचारिक छलफल भएको थियो ।