सम्पूर्ण वामपन्थीहरूलाई एकताबद्ध गर्नु आजको आवश्यकताः झलनाथ खनाल

श्रावण २, २०८२ |कान्तिपुर टीभी संवाददाता
सम्पूर्ण वामपन्थीहरूलाई एकताबद्ध गर्नु आजको आवश्यकताः झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपाल राष्ट्रिय एकता अभियानसँगको एकतालाई कम्युनिष्ट आन्दोलनको एकताका र"पमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी)बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकताको निम्ती सही नीति, सिद्धान्त र कार्यदिशा आवश्यक पर्ने बताउनु भयो । 

नीति बिनाको एकताको औचित्य नरहने जिकिर उहाँले गर्नुभयो । साझा धारणा बनाएर सम्पूर्ण वामपन्थीहरूलाई एकताबद्ध गर्नु आजको आवश्यकता भएको बताउनु भयो । नेपाल आज समाजवादी क्रान्तिको रूपान्तरणको युगमा रहेको र होशियारीपूर्वक अघि बढ्नुपर्ने खाँचो रहेको उहाँकाे भनाइ छ ।

सम्मानित नेता खनालले कम्युनिष्ट आन्दोलनलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.