निजामती विधेयकमा संघ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार स्पष्ट पार्न माग

असार ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
निजामती विधेयकमा संघ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार स्पष्ट पार्न माग

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले निजामती विधेयकमा संघ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार स्पष्ट नभएकाले परिमार्जन गर्नुपर्ने बताएका छन् ।म‌ंगलबारको बैठकमा सांसदहरूले विधेयकमा केन्द्र सरकारले कतिपय अधिकार आफूमा राख्न खोजेको भन्दै परिमार्जन गर्नुपर्ने बताएका हुन् । 

देशको सिंगो प्रशासनिक संयन्त्रलाई सञ्चालन गर्ने विधेयक भएकाले पर्याप्त छलफल आवश्यक भएको उनीहरूको भनाइ छ ।

सासंदहरूले उठाएको प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासनका लागि विधेयकमा कुलिङ पिरियड राखिएको र विधेयकमा नअटेका विषयलाई नियमावलीमा समेट्ने बताउनुभयो ।

‍मन्त्री गुरुङले आफ्नो स्वार्थका लागि राजीनामा दिएर नियुक्ति लिने परिपाटी अन्त्य गर्न कुलिङ पिरियडको व्यवस्था ल्याइएको जिकिर गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.