सामान्य प्रशासनमन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने नियुक्त

असार ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सामान्य प्रशासनमन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने नियुक्त

काठमाडौै । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने नियुक्त हुनुभएको छ । नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहनुभएकी न्यौपानेलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री पदमा नियुक्त गर्नुभएको हो । 

आजै सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिएसँगै रिक्त रहेको मन्त्री पदमा न्यौपाने नियुक्त हुनुभएको हो ।

संविधानको धारा ७६ को उपधारा ९ बमोजिम न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

न्यौपाने २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको राष्ट्रिय सभाको कार्यकाल आगामी फागुन २० गते सकिने छ । संसद्‌को सदस्य नहुँदा पनि ६ महिनासम्म मन्त्री हुन पाइने संवैधानिक व्यवस्था छ ।

घुस मोलमोलाइ प्रकरणमा मुछिएका यसअघिका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूले गल्ती नगरेको दाबी गर्नुभएको छ। भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी मोलमोलाइ गरेको अडिओ सार्वजनिक भएको थियो । उक्त अडियोमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको पनि नाम मुछिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.