सुर्खेतमा १३ लाख बराबरको नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ

असार ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुर्खेतमा १३ लाख बराबरको नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित शान्ति टोलबाट १३ लाख बराबरको नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले जाजरकोट कुशे गाउँपालिकाका दिलमाया सिंह ठकुरीलाई पक्राउ गरेपछि सुरु भएको अनुसन्धानमा १३ लाख बराबरको नक्कली नोट बरामद भएको हो । 

दिलमायाको घरबाट ६ हजार बरामद भएको थियो । थप अनुसन्धानका क्रममा रामबहादुर सिंह र दिलमायाको डेरामा लुकाएर राखिएको थप १२ लाख ३६ हजार नक्कली नेपाली नोट भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीले जानकारी दिनुभयो । त्यही समूहमा बसेर अफिमको कारोबार गर्ने गरेको समेत भेटिएको छ । सुर्खेतका कृष्णबहादुर वली, प्रेमबहादुर विक डेराबाट ११ किलो अफिमसहित पक्राउ परेका हुन् । 

पक्राउ परेकाहरूको साथबाट नक्कली नोट बनाउने क्यानन प्रिन्ट, कम्प्युटरसहितका उपकरण बरामद भएको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो । पक्राउ परेकाहरूविरुद्ध मुद्रासम्बन्धी र लागूऔषधसहित संगठित अपराधको कसुरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.