काठमाडौं । नेपाललाई बालश्रम मुक्त राष्ट्र घोषणा गर्ने प्रतिबद्धता सरकारले जनाए पनि अहिलेसम्म १० वटा स्थानीय तह मात्र बालश्रम मुक्त घोषणा भएका छन् ।राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन सार्वजनिक गर्दै श्रममन्त्री शरतसिंह भण्डारीले २०८५ सालसम्म बालश्रम मुक्त समाज बनाउने राष्ट्रिय गुरुयोजना कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताउनुभयो ।
अहिले पनि १० लाख ८२ हजार बालबालिका बालश्रममा संलग्न छन् । यीमध्ये २ लाख २२ हजार जोखिमयुक्त श्रममा रहेको भन्दै सरोकारवालाहरूले बालश्रम उन्मूलनको सबैको साझा दायित्व भएको बताए ।
नेपालको कानुनले १४ वर्ष उमेर नपुगेका बालबालिकालाई काममा लगाउन निषेध गरेको छ ।