संघीय सरकारबाट बाहिरिने नागरिक उन्मुक्ति पार्टीको निर्णय

असार २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
संघीय सरकारबाट बाहिरिने नागरिक उन्मुक्ति पार्टीको निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संघीय सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ । आज बसेको पार्टी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

संसदीय दलको बैठकले सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिनुभयो । नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहनुभएका अरुण चौधरीले भोलि प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने पनि नाउपाले जनाएको छ । 

नागरिक उन्मुक्ति पार्टी यसअघि सुदूरपश्चिम सरकारबाट पनि बाहिरिइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.