यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

असार २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले जनताका पीडा र वेदनालाई सम्बोधन गर्न नसकेको बताउनुभएको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देशको राजनीतिक अवस्था हेर्दा सरकारले मुलुकलाई राम्रोसँग हाँक्न नसकेको बताउनु भयो । 

उहाँले सरकारले जनभावनालाई बुझ्न र जनचाहनाको सम्मान गर्न नसकेको बताउनु भयो । सरकारले यो सरकारले जनताको विश्वास पनि जित्न नसक्ने र जनचाहना बमोजिम परिणाम दिने कुनै पनि अवस्था नरहेको उहाँकाे भनाइ छ। 

वर्तमान सरकार जनमुखी नभइ जनविरोधी, सुशासनको नभइ कुशासनको पक्षपोषक रहेको आरोप उहाँले लगाउनु भयो । त्यसैले यो सरकारलाई साथ दिन नसकिने उहाँको स्पष्टीकरण छ । वर्तमान सरकारको पतन अनिवार्य रहेको र समय मात्रै पर्खिनुपर्ने उहाँकाे भनाइ छ ।

अध्यक्ष नेपालले देशमा आर्थिक मन्दी, बेरोजगारी बढिरहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.