नाउपाद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता (पत्रसहित)

असार २०, २०८२ |टेकराज जोशी
नाउपाद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता (पत्रसहित)

कैलाली । नागरिक उन्मुक्ति पार्टी- नाउपाले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीको संसदीय दलको निर्णयअनुसार दलका नेता धनश्याम चौधरीद्वारा हस्ताक्षरित पत्रमार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा पठाइएको पत्रमा समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ।

पत्रमा भनिएको छ, 'नागरिक उन्मुक्ति पार्टी संसदीय दलको निर्णयअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी गराउँछौं।'

पत्रको बोधार्थ प्रदेश प्रमुख कार्यालय, धनगढी र प्रदेशसभा सुदूरपश्चिम प्रदेशमासमेत पठाइएको छ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।