सुदूरका वनमन्त्री चौधरी बर्खास्त, मन्त्रालयको जिम्मा मुख्यमन्त्री स्वयंले लिने

असार १९, २०८२ |टेकराज जोशी
सुदूरका वनमन्त्री चौधरी बर्खास्त, मन्त्रालयको जिम्मा मुख्यमन्त्री स्वयंले लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गर्नुभएकाे छ। 

आर्थिक विवादमा मुछिएपछि केही दिनअघि मुख्यमन्त्री शाहले चौधरीलाई राजीनामा दिन निर्देशन दिनुभएकाे थियाे । तर चौधरीले राजीनामा नदिने अडान लिँदै मुख्यमन्त्रीलाई नै बर्खास्त गर्न चुनौति दिनुभएकाे थियाे ।

चौधरीलाई हटाएपछि मुख्यमन्त्री शाहले उक्त मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन्।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।