सुनसरीमा एक व्यक्तिको गोली हानी हत्या

गोली प्रहार गरी फरार भएका समूहको खोजी भइरहेको प्रहरीकाे भनाइ
आश्विन २५, २०८२ |अर्जुन सुवेदी
सुनसरीमा एक व्यक्तिको गोली हानी हत्या

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-२ मा एक व्यक्तिको गोली हानी हत्या भएको छ ।

रामधुनी नगरपालिका-२ स्थित कर्मन्या टोलको भित्री सडकमा शनिबार साँझ स्थानीय अन्दाजी ४७ वर्षका दिनेश चौधरीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।

मृतक चौधरी सफारी चालक रहेको र उनलाई मोटरसाइकलमा सवार युवाहरूको समूहले गोली प्रहार गरेर भागेको स्थानीयले बताएका छन् । गोली लागेर घाइते उनको केही बेरमै घटनास्थलमै मृत्यु भएको हो ।

गोली प्रहार गरी फरार भएका समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।