विश्व बाथ रोग दिवसका अवसरमा नर्भिककाे निःशुल्क ओपीडी

आश्विन २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
विश्व बाथ रोग दिवसका अवसरमा नर्भिककाे निःशुल्क ओपीडी

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले विश्व बाथ रोग दिवसका अवसरमा निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । 

दिवसका अवसरमा यही असोज २६ देखि २९ गतेसम्म निःशुल्क ओपीडी सेवा प्रदान गर्न लागिएको हो । नर्भिक अस्पतालका वरिष्ठ बाथ रोग विषेशज्ञ डा. अरुणकुमार गुप्ताले निःशुल्क ओपीडी सेवा दिनुहुनेछ । निःशुल्क ओपीडी सेवा उक्त अवधिमा हरेक दिन दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन हुनेछ । 

यस्तै बाथ रोगको प्याकेजमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने अस्पतालको ल्याब परीक्षणमा पनि २० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । जसअनुसार प्याथोलोजी टेस्ट, नन इन्भेजिभ कार्डियाक इन्भेस्टीगेशन, एक्सरे, सीटी तथा एमआरआई र अल्ट्रासाउन्डमा २० प्रतिशत छुट उपलब्ध गराइनेछ । 

सेवा लिनका लागि फोन नम्बर ०१- ५९७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ । विश्व बाथ रोग दिवसका यही असोज २६ गते (१२ अक्टोबर) का दिन नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.