संसद् भाषण र नाराबाजी गर्ने ठाउँ होइन : सभामुख घिमिरे

असार १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसद् भाषण र नाराबाजी गर्ने ठाउँ होइन : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदलाई जनताको पक्षमा निर्णय लिने र व्यवस्थाप्रति जनआस्था बढाउने संस्थाको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

संसद दिवस, २०८२ को अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । संसद्को भूमिकालाई बहस, भाषण र नाराबाजी गर्ने मञ्चको रुपमा विकास गर्न नहुने उहाँको भनाइ छ । उहाँले गणतन्त्रप्रति जनताको वितृष्णा बढाउन भइरहेका प्रयासहरूलाई विफल पार्न संसदले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । उहाँले पूर्वसांसदहरूको ज्ञान, अनुभव र क्षमताको उपयोग गर्दै वर्तमान चुनौतीहरू सामना गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । सभामुख घिमिरले संसद्को प्रभावकारितामाथि प्रश्न खडा गर्नेमात्र नभई संसदीय व्यवस्था र प्रणालीमाथि चुनौती खडा गर्ने वितण्डताहरु भोगिरहेको उल्लेख गर्दै व्यवस्था र प्रणालीको रक्षाका लागि एकजुट हुन जरुरी रहेको बताउनु भयो ।

संसदलाई प्रभावकारी बनाउन सशक्त सचिवालयको आवश्यकता रहेको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.