प्रधानमन्त्री ओली विकासका लागि वित्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी

असार १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओली विकासका लागि वित्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनुभएको छ ।

स्पेनमा सोमबार सुरु भएको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल उद्घाटन समारोहमा सहभागी भएको हो । प्रधानमन्त्री ओलीले सम्मेलनअन्तर्गत गेट्स फाउन्डेशनद्वारा आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ । 

यस्तै उहाँले इस्टोनियाका राष्ट्रपति अलार कारिससँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओली स्पेनको एक साताको औपचारिक भ्रमणका लागि शनिबार कतार हुँदै जानुभएको हो । सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुसँग एकपक्षीय तथा दुइपक्षीय औपचारिक छलफल गर्नुहुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.