कांग्रेसले केन्द्रीय समितिको बैठकमा सरकार र बजेटको विषयमा छलफल गर्ने

असार १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसले केन्द्रीय समितिको बैठकमा सरकार र बजेटको विषयमा छलफल गर्ने

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकका लागि छलफलका एजेण्डाहरू तय गरेको छ ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समितिका छलफलका एजेण्डाहरू तय गरेको हो । 

बैठकले भ्रातृ संगठनहरूलाई समय थप्नेबारेमा छलफल गरी निर्णय निकाल्ने बताएको छ । कांग्रेसको केन्द्रीय समितिको बैठक सोमबारदेखि सुरू हुँदैछ । केन्द्रीय समितिको बैठकमा समसामयिक, राजनीतिक विषयको समीक्षा हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । 

त्यस्तै केन्द्रीय समितिको बैठकमा पार्टीका विदेशमा रहेका जनसम्पर्क समितिलाई मजबुत बनाउने बारेमा छलफल हुनेछ । प्रदेश र केन्द्रको बजेटका बारेमा पनि छलफल हुने बताउनु भयो । 

उहाँले केही भ्रातृ संगठनले अधिवेशन सकिसकेको र केहीले काम गर्न बाँकी रहेको र त्यसमा कति समय दिन सकिन्छ भन्नेबारेमा छलफल हुने बताउनु भयो । संस्थाको आवश्यकताको आधारमा समय दिने बारेमा छलफल हुने समेत उहाँले जानकारी दिनुभयाे । साथै क्रियाशिल सदस्यहरूको स्थितिबारेमा पनि छलफल हुनेछ ।

प्रवक्ता महतले राष्ट्रपति भइसकेको व्यक्ति पार्टी भन्दा माथि हुने भन्दै पुनः राजनीतिमा सक्रिय हुनेकुरा राम्रो नरहेको बताउनु भयो । आफूहरूको पार्टीले राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय राजनीतिमा नल्याउने दाबी उहाँले गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.