महाधिवेशन नगरेको भन्दै तरूण दलका दुई केन्द्रीय सदस्यको आमरण अनशन सुरू

असार १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
महाधिवेशन नगरेको भन्दै तरूण दलका दुई केन्द्रीय सदस्यको आमरण अनशन सुरू

काठमाडौं । नेपाल तरूण दलको महाधिवेशन गर्न नसकेको भन्दै दुई जना केन्द्रीय सदस्यले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आमरण अनशन सुरू गरेको छ ।

३ वर्षभन्दा वढी समय पुग्दा समेत तरूण दलको महाधिवेशन, जिल्ला र स्थानीय तहमा अधिवेशनसमेत सम्पन गर्न नसकेको भन्दै विद्धान गुरूङ नेतृत्वको समितिलाई भंग गर्नुपर्नेलगायतका मागहरू राखि केन्द्रीय सदस्य रोजन राई र अम्बिका बाँस्कोटाले पार्टी मुख्यालयमा आमरण अनसन सुरू गरेका हुन् । 

कांग्रेसका सर्वौच्च नेता गणेशमान सिंह प्रतिष्ठानको भवन निर्माणका लागि सरकारले विनियोजन गरेको बजेटलाई अध्यक्ष गुरूङले गलत प्रचार गरी पाटीलाईनै बदमान गरेको विषय लगायतकाे आरोप लगाउँदै वर्तमान तरूण दल भंग गर्नुपर्ने माग राखी अनसन सुरू गरेको राईले जानकारी दिनुभयो ।

तरूण दलका पूर्व केन्द्रीय अध्यक्ष विनोद कायस्थले असन्तुष्ट र अनसनमा बसेका तरूणहरूले उठाएका माग प्रति नेपाली कांग्रेस गम्भीर हुनुपर्ने र माग सम्बाेधन गर्न सकारात्मक पहल गर्न पार्टी नेतृत्व समक्ष माग गर्नुभएकाे छ। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.