‘अध्यक्ष नेपालविरूद्धको भ्रष्टाचार मुद्दा अस्वाभाविक र राजनीतिक आग्रह प्रेरित’

असार १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘अध्यक्ष नेपालविरूद्धको भ्रष्टाचार मुद्दा अस्वाभाविक र राजनीतिक आग्रह प्रेरित’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालविरूद्ध पतञ्जली जग्गा प्रकरणबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अस्वाभाविक र राजनीतिक आग्रह प्रेरित रहेको ठहर गरेको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले यस्तो ठहर गरेको पार्टी सचिव सोमप्रसाद पाण्डेले बताउनुभएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले अध्यक्ष नेपालमाथि लगाइएको मुद्दा कानूनी नभई राजनीतिक हो भन्ने निष्कर्षमा पार्टी पुगेको जानकारी दिनुभयो । 

उहाँले पतञ्जली प्रकरणमा अध्यक्ष नेपालमाथि नभई पतञ्जलीमाथि छानबिन हुन आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले अध्यक्ष नेपालमाथिको मुद्दा समग्र कम्युनिस्ट आन्दोलनमाथिकै प्रहार रहेको समेत बताउनु भयो । उहाँकाअनुसार सचिवालय बैठकले किसानलाई यथाशिघ्र रासयनिक मल वितरण गर्न सरकारसँग माग समेत गरेको छ । 

साथै बैठकले पार्टीका नेता, कार्यकर्ताहरूलाई उक्त कार्यमा सक्रियतापूर्वक तयारीका साथ लाग्न अपिल गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.