अहिलेको नेतृत्वबाट धेरै आश गर्नु नै बेकार छः सांसद भण्डारी

असार १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
अहिलेको नेतृत्वबाट धेरै आश गर्नु नै बेकार छः सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अहिलेको राजनीतिक नेतृत्वबाट धेरै आशा गर्नु नै बेकार भएको टिप्पणी गर्नुभएको छ ।

बिहीबार बसेको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै सांसद भण्डारीले यस्तो टिप्पणी गर्नुभएको हो । 

उहाँले अहिलेको राजनीतिक नेतृत्वले बोल्ने र भाषण गर्ने तर कर्तव्यबाट भाग्ने काम गरेको आरोप लगाउनु भयो । अहिलेको राजनीतिक नेतृत्व व्यवहारिक हुन जरूरी रहेको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मलाई के लाग्छ भने अहिलेको नेतृत्वबाट धेरै आशा गर्नु बेकार छ । लेख्ने, बोल्ने, भाषण गर्ने तर कर्तव्य कोही पनि पुरा नगर्ने । यो अहिलेको नेतृत्व हो र त्यसमध्ये म पनि पर्छु । त्यसकारण हामी व्यवहारिक हुनुपर्‍यो ।’

उहाँले अझैपनि सिमान्तकृत वर्गले निःशुल्क रूपमा शिक्षा प्राप्त गर्न नपाएको गुनासो गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षालाई पैसाँग तुलना गर्न नमिल्ने टिप्पणी समेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.