प्रधानमन्त्री केपी शर्मा ओली शनिवार स्पेन जाने

असार १६ देखि १९ गतेसम्म हुने विकाससम्बन्धी सम्मेलनमा सहभागी हुने
असार १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली शनिवार स्पेन जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि आगामी शनिबार त्यसतर्फ जानुहुने भएको छ ।

स्पेन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले असार १६ देखि १९ गतेसम्म आयोजना हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा पनि भाग लिनु हुनेछ । 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनी समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नु हुनेछ भने त्यसअवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्वपूर्ण विषयमा सहमतिपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्रीले भ्रमणका क्रममा स्पेनस्थित नेपाली समुदाय र स्पेनी उद्योगी व्यवसायीसँग पनि अन्तक्रिया गर्नु हुनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.