एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

असार १३, २०८२
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडाैँ । एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचारको आरोप लागेपछि आज पहिलोपल्ट एकीकृत समाजवादीको सचिवालय बैठक बस्न लागेको हो ।

अहिले ११ बजे बस्नेगरी सचिवायल बैठक बोलाइएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागले जनाएको छ। बैठक पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बस्नेछ । 

एकीकृत समाजवादीका उपाध्यक्ष गंगालाल तुलाधरका अनुसार बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्नुहुनेछ । पतञ्जलीको जग्गामा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले नेपाललाई ३५ लाख धरौटीमा छाडेको छ।